कोरोना भाइरस नेपाल: थप नौ जनाको मृत्यु, झन्डै १५ सय सङ्क्रमित

तस्बिर स्रोत, EPA
विगत २४ घण्टामा नेपालभरि १,४९० मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ८,३०० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
सो अवधिमा नौ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ३६ हजार नाघेको छ।
मन्त्रालयले बुधवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १६,५४७ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये आधाभन्दा बढी घरमै होम आइसोलेशनमा छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १,५३८ सङ्क्रमितको मृत्यु भएको छ।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
कति जना निको भए?
मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप १,५६७ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।
अहिलेसम्म कुल दुई लाख १८ हजार भन्दा बढी सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।
अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९२ प्रतिशतभन्दा बढी छ।
गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।