चिडियाखाना फेरि खोल्न नयाँ मापदण्ड, एक चोटिमा बढीमा ८०० जनाले प्रवेश गर्न पाउने

कोरोनाभाइरस महामारीका कारण जावलाखेलस्थित सदर चिडियाखाना नौ महिनादेखि बन्द छ।

तर अब नयाँ सुरक्षा मापदण्ड लागु गरेर आगन्तुकहरूलाई प्रवेश दिइने प्रशासनले जनाएको छ।

त्यहाँ झन्डै ११२ प्रजातिका १,००० भन्दा बढी पशुपक्षी छन्।

सरकारबाट छुट्टै बजेट नआउने र प्रवेश शुल्कबाट हुने आम्दानीबाट खर्च धान्नुपर्ने भएकोले आर्थिक अभाव भएको सदर चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले बताएका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।