कोरोना भाइरस नेपाल: महामारीले चङ्गा बिक्री नभएपछि....

विगत वर्षहरूमा दशैँ आउनुअघि झन्डै तीन महिना अघिदेखि व्यस्त रहने पाटनका चङ्गा व्यापारी विजय देउला पछिल्ला दुई दिनयता मात्र केही व्यस्त हुन थालेका छन्।

वर्षाका देवता इन्द्रलाई वर्षा रोक्न आग्रह गर्न चङ्गा उडाउन थालिएको मान्यता छ।

तर यो वर्ष आकाशमा चङ्गा खासै नदेखिनुको मुख्य कारण कोरोनाभाइरस महामारी रहेको सम्बद्ध व्यापारीको भनाइ छ।

महामारीकै कारण माग बमोजिमका चङ्गा, धागो र लट्टाई आयात हुन नसकेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।