कोरोना भाइरस खोपः यी मानिस सङ्क्रमित भएर अनुसन्धानमा सघाउन चाहन्छन्

के तपाईँ आफ्नो नाकभित्र जानीजानी कोरोनाभाइरस हाल्न तयार हुनुहुन्छ? त्यो पनि विज्ञानको नाममा!

केही मानिसहरू त्यसो गर्न तयार छन्। अनि 'वन डे सूनर' नामक अभियान सञ्चानल गरेर उनीहरू चुनौतीका रूपमा त्यस्तो परीक्षण गर्न अनुमति पाइयोस् र कोरोनाभाइरसविरुद्ध खोप विकास र जाँच चाँडो होओस् भन्ने चाहन्छन्।

हामीले स्वेच्छाले त्यस्तो अभियानमा सहभागी हुन चाहने विभिन्न देशका छ जनासँग कुरा गरेका छौँ।

उनीहरू आफूलाई कोभिड-१९ बाट कम जोखिम हुने भन्ठान्छन् र मानवजातिको बृहत्तर लाभका लागि सघाउने खोजेको बताउँछन्।

तर मानवमा गरिने 'च्यालिन्ज ट्रायल' के हो र त्यसमा कस्तो जोखिम हुन्छ?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि